• बैशाख २२ २०८३, मंगलवार

गठबन्धन बैठक : उपमहानगरको पनि टुंगियो भागबण्डा, कसको भागमा कति ?

बैशाख ७ २०७९, बुधबार

काठमाडौँ। सत्तारुढ गठबन्धनको बैठकले उपमहानगरमा पनि भागबण्डा टुंग्याएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले ११ वटा उपमहानगरमा भागबण्डा टुंग्याएको हो। योसँगै आसन्न स्थानीय निर्वाचनका लागि ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको भागबण्डा मिलेको छ।

जसअनुसार  उपमहानगरमा कांग्रेसले सात, माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एक पाउने भएका छन्।

सत्तारुढ गठबन्धनले महानगरपालिकाको भागवण्डा भने मंगलबार नै टुंग्याएका थिए ।