काठमाडौं । गृह मन्त्रालयअन्तर्गको अध्यागमन विभागले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध तत्कालका लागि स्थगन गरेको छ । जनस्तर र विदेश मामिला विज्ञहरुले आलोचना गरेपछि विभाग पछि हटेको हो ।
‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने,’ विभागले आज प्रकाशित सूचनामा उल्लेख छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुले तिर्नु पर्ने भिसा शुल्कमा सहज नहुँदा र एटीएम पनि कम हुँदा भुक्तानी सहजीकरण प्रयोजनका लागि २०० अमेरिकी डलर साथमा ल्याउन भनिएको थियो ।