• बैशाख २४ २०८३, बिहीबार

गठबन्धन बैठकले पाँचवटा मात्र महानगरपालिकाको भागबण्डा मिलायो,कसलाई कुन पर्‍यो ?

बैशाख ५ २०७९, सोमबार

काठमाडौं । सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन बनेको छ । चुनावी तालमेल तथा स्थानीय तहमा सिट बाँडफाँडको विषयमा सहमति जुटाउन साझ पुनः बसेको सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन बनेको हो ।

नेताहरूले बैठक सकारात्मक भएको जिकिर गरे पनि कुनै ठोस सहमति भने नभएपछि भोलि मङ्गलवार पुनः बसेर सहमति जुटाउन प्रयास हुने बताइएको छ।

स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन दलले पाँचवटा महानगरपालिकाको भागबण्डा मिलाए पनि एउटामा नमिल्दा गठबन्धन बैठक निष्कर्षविहीन बनेको छ ।

बैठकले ६ महानगरपालिकामध्ये पाँचवटाको मागबण्डा टुंग्यायो भने पाँचमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका लिने सहमति भएको छ । माओवादीलाई एउटा र जसपालाई एउटा दिने सहमत भएपनि कांग्रेसले अर्को पनि एउटा आफ्नै हातमा लिन खोजेपछि सहमति जुट्न नसकेको हो ।

कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर महानगर लिने सहमति बनेको बैठकमा सहभागी एक नेताले बताए । उनले पोखरा महानगरको हकमा भने गठबन्धन अझै अनिर्णित भएको छ । पोखरामाथि एकीकृत समाजवादीले दाबी गरेको छ । यस्तै बैठकले नेकपा माओवादी केन्द्रलाई भरतपुर, जनता समाजवादी पार्टीलाई वीरगञ्ज महानगर दिने सहमति भएको छ ।

अर्को बैठकबाट ११ वटा उपमहानगरपालिकाको भागबण्डा पनि मिलाउने भएको छ ।