• बैशाख २४ २०८३, बिहीबार

महानगरको तालमेल सहमति नजिक छ, बेलुकासम्म निष्कर्षमा पुग्छौं’ : प्रचण्ड

बैशाख ५ २०७९, सोमबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले महानगरपालिकाको तालमेल सहमति नजिक रहेको र आजै सहमति जुट्ने दावी गरे ।

‘६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा गठबन्धनको बीचमा समझदारी बनाउने प्रयासमा छौ । महानगर टुंगिने नजिक पुगेको छ । बेलुकासम्म महानगरपालिका र उपमहानगरपालिम तालमेल निष्कर्षमा पुग्छौं’ उनले भने ।