• बैशाख २४ २०८३, बिहीबार

निष्कर्षविहीन बन्याे सत्ता गठबन्धनको बैठक, आजै अर्को बैठक बस्ने

बैशाख ५ २०७९, सोमबार

काठमाडौँ। सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुसहितको बैठक बसेको थियो। तर सबै दलले आ -आफ्नो दावी नछाडेपछि बैठक फेरि बस्ने गरी स्थगित भएको हो।

बैठक आजै साँझ फेरि बस्ने भएको छ ।

यसअघि हिजो आइतबार बसेको गठबन्धनको बैठक पनि सहमति हुन नसक्दा विना निष्कर्ष सकिएको थियो।