काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
आसन्न स्थानीय निर्वाचन तयारी तथा पार्टीका योजना र रणनीतिबारे केन्द्रित रहेर माओवादीले पत्रकार सम्मेलन गर्न लागेको हो।
आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुनेछ।
माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार चुनावलगायत समसायमिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको छ।
माओवादी पनि सत्तारूढ पाँचदलीय गठबन्धनसँग तालमेल गरी वैशाख ३० मा हुने स्थानीय चुनावको तयारीमा होमिएको छ।