• बैशाख २६ २०८३, शनिबार

लुक्ला उडेको समिट एअरको जहाज बीच बाटोबाटै काठमाडौँ फर्कियो

बैशाख ४ २०७९, आईतवार

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एअरको जहाज बीचबाटोबाटै काठमाडौं फर्केएको छ।

जहाजको इन्जिनमा समस्या आएपछि उडेको १५ मिनेटमै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै जहाज फर्काइएको हो।

एनएएमपी जहाज आज बिहान ११:५ मिनेटमा काठमाडौंबाट लुक्लाका लागि उडेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जहाजको बायाँतर्फ इन्जिनमा समस्या आएपछि जहाज काठमाडौं नै फिर्ता गरिएको बताए।

जहाजमा १८ जना सवार थिए। तीमध्ये तीन जना चालक दलका सदस्य हुन्। १५ यात्रुमध्ये १० जना विदेशी थिए भने पाँच जना नेपाली यात्रु थिए।

बायाँ इन्जिनमा समस्या देखिए पनि पाइलटहरूले सिङ्गल इन्जिनकै भरमा जहाजलाई काठमाडौँमा सकुशल अवतरण गरेको प्रवक्ता सिटौलाले जानकारी दिए।