स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिपमा सवार १३ मध्ये ६ जना घाइते भएका छन् । आइतबार बिहान साढे १० बजे जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै प्राथमिक उपचार पछि पोखरा रिफर गर्ने तयारी छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।