काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको भेटमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भएको बताइएको छ ।
यसअघि आजै बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए।