• बैशाख २२ २०८३, मंगलवार

सांसद रेशम चौधरीको पार्टीले पनि उम्मेदवारी दिने

बैशाख ३ २०७९, शनिबार

धनगढी । जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको सो पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिएर चुनावमा सहभागी हुने बताएको हो ।

चुनावका लागि पार्टीका तल्लो तहका समितिलाई वैशाख ५ गतेभित्र उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।