• बैशाख २२ २०८३, मंगलवार

गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता: निर्वाचनमा सहभागी हुन सकारात्मक

बैशाख २ २०७९, शुक्रबार

काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।

नेता प्रकाण्डले भेटका क्रममा आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताउदै निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता लिनु पर्ने माग  राखेका थिए ।

यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले जनसहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन्।

विप्लव नेतृत्वको नेकपा नेताहरुले प्रधानमन्त्री सहित सत्तारुढ दलका नेताहरुलाई नियमित भेटिरहेका छन् ।