काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि बहुमतसहित आफ्नो पार्टी सत्तामा फर्किने बताएका छन्।
शुक्रबार लम्जुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले प्रतिपक्ष बस्ने पार्टी नभएको भन्दै आगामी निर्वाचनपछि बहुमतसहित आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गरे।
जनताको आकर्षण एमालेमा रहेको बताउँदै उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी दोहोर्याए।
जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई पुर्याएको आरोप लगाउँदै उनले अब एमालेले बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए।