• बैशाख २४ २०८३, बिहीबार

परिणाम देखिने गरी निर्वाचनमा लग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

बैशाख २ २०७९, शुक्रबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति र प्रदेश इञ्चार्जको विस्तारित बैठकमा प्रचण्डले परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिएका हुन्। बैठकले जतिसक्दो छिटो उम्मेदवार चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रले सत्तागठबन्धनबीच भएको सहमतिअनुसार तालमेल गर्दै अगाडि बढ्ने जनाएको छ । केही समयअघि पाँच दलीय सत्तागठबन्धनले महानगरपालिका, उपमहानगरपालिकामा केन्द्रबाटै उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको थियो । तर, भागबन्डा मिलाउन भने बाँकी छ ।

यसैबीच, सत्तागठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउने लगायत विषयमा छलफल हुनेछ ।