• बैशाख २६ २०८३, शनिबार

कैलालीका अर्जुन दासको हत्या आरोपमा चार पक्राउ

बैशाख २ २०७९, शुक्रबार

काठमाडौँ। कैलालीका अर्जुन दासको विभत्स रूपमा हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्।घटनाको झन्डै तीन महिनापछि प्रहरीले उनीहरुलाई भारतबाट पक्राउ गरेको हो।

हत्या आरोपमा पक्राउ गरेका चार जनालाई शुक्रबार सार्वजनिक गर्न लागिएको स्रोतले जानकारी दियो।

गत पुसमा जानकी गाउँपालिका-९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अर्जुन दास मृत फेला परेका थिए।