• बैशाख २४ २०८३, बिहीबार

एमाले अध्यक्ष ओलीलाई ‘मेधावी योगदान पदक’ प्रदान

बैशाख १ २०७९, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ ।

नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सो पदक प्रदान गरेकी हुन् ।

समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि ओलीले गरेको योगदानप्रति ‘मेधावी योगदान पदक’ ले गौरव प्रदान गर्ने बताइन् । प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै ओलीलाई सो पदक प्रदान गरिएको हो ।