काठमाडौं । नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएको छ ।
बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ । 