दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यले लेखेको रामायणले भावनात्मकरूपमा नेपालीलाई एकीकरण गराउन महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
आचार्यको योगदानलाई स्मरण गर्दै आचार्यको जन्मथलो चुँदी रम्घालाई सातवटै प्रदेशको धाम राखेर सप्तधाम निर्माण गर्नुपर्ने बताएका छन् ।
भानु साहित्य उद्यानको आज दमौलीमा आयोजित प्रारम्भिक गुरुयोजनाको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै नेता पौडेलले नेपालका सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सप्तधाम निर्माण गर्नुपर्ने बताएका हुन् ।
जानकीधाम, पशुपतिधाम, लुम्बिनी, मुक्तिनाथ धामलगायतका सातवटै प्रदेशको धाम त्यस क्षेत्रमा राखेर राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा स्थापना गर्नुपर्नेमा उनले जोड दिए।