• बैशाख २४ २०८३, बिहीबार

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको ५ बुँदे सहमति

चैत्र ३० २०७८, बुधबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति जुटेको छ । बुधबार काठमाडौँमा दुइदलका नेताहरुबीच पाँच बुँदे सहमति भएको हो ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।