• बैशाख २४ २०८३, बिहीबार

माओवादीले हटायो कुलमान सहितको चुनावी पोस्टर

चैत्र ३० २०७८, बुधबार

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेसबुक पेजबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो भएको चुनावी पोस्टर हटाइएको छ।

बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्डले कुलमानको फोटो भएको चुनावी पोस्टर फेसबुकमा राखेका थिए।

कुलमानको फोटो प्रयोग भएकोमा आलोचना भएपछि प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाएका छन् ।

आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको भन्दै कुलमानले आपत्ति जनाएका थिए। उनले चुनावी प्रचार सामग्रीमा प्रयोग भएको आफ्नो फोटो हटाउन माओवादी केन्द्रलाई आग्रह गरेका थिए।

अहिले उक्त पोस्टर सम्पादन गरेर प्रचण्डको मात्रै तस्बिर राखिएको छ।