काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्कासँग नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले विदाइ भेट गरेका छ्न् ।
क्वात्रा भारतको विदेश सचिव नियुक्त भएकोमा मन्त्री खड्काले बधाई दिएका थिए भने राजदूत क्वात्राले नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानका लागि मन्त्री खड्काले धन्यवाद समेत व्यक्त गरेका थिए ।