• बैशाख २२ २०८३, मंगलवार

उद्योगमन्त्री बडू र क्यानाडाका राजदूतबीच भेटघाट

चैत्र २९ २०७८, मंगलवार

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेटघाट गरेका छन् ।

आज मंगलबार मन्त्रालयमा भएको भेटमा  दुई देशबीच  द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्री बडूको सचिवालयले जनाएको छ ।

भेटमा नेपालको विकासमा क्यानाडाले गरेको सहयोगको प्रशंसा गर्दै मन्त्री बडूले कोभिड–१९ महामारीका बेला स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्दै कोभिडको सङ्क्रमणपछिको अवस्थामा पनि सहयोगको निरन्तरताका लागि आग्रह समेत गरे ।

यस्तै  राजदूत म्याकेले दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यापार, सूचना प्रविधि, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी वृद्धि गर्न सकिने बताउदै क्यानाडा सरकार तथा अन्य लगानीकर्तामार्फत थप लगानी वृद्धि गर्न तयार रहेको बताए ।