• बैशाख २२ २०८३, मंगलवार

गृहमन्त्री खाणसँग अस्ट्रियाका राजदूत वजिरको भेटघाट

चैत्र २९ २०७८, मंगलवार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले शिष्टाचार भेटघाट गरेका छन् ।

गृह मन्त्रालयमा आज मंगलबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे छलफल गरेका हुन् ।

काठमाडौंबाट अस्ट्रियाको राजधानी भियनामा सिधा उडान गर्नेबारे छलफल भएको थियो भमे गृहमन्त्री खाँणले काठमाडौं-भियना उडान भएमा दुबै मुलुकलाई फाइदा हुने बताएका थिए ।

राजदूत वजिरले उडानबारे सरकारसँग पहल गर्ने बताए ।