काठमाडौं । गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको निर्वाचन आयोगले देशव्यापी रूपमा निर्वाचन आचारसंहिता पालनाको अनुगमन गर्ने भएको छ ।
आयोगले त्यसको अनुगमनका लागि पनि संयन्त्र गठनको व्यवस्था समेत गरेको हो । केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचारसंहिता अनुगमनको संयन्त्र बनाइसकेको छ ।
निर्वाचन आयोगले यसअघिका निर्वाचनमा केन्द्रियस्तरमा आचारसंहिता पालनाको अनुगमन गरिरहेको थियो ।
अब भने जिल्ला र स्थानीय तह स्तरमा विकेन्द्रीकरण गरिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए ।