काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा शहरहरुको व्यवस्थापन गर्न नसकिएको बताएका छन्।
मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै नेता खनालले यस्तो बताएका हुन्।
उनले बढ्दो शहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको पनि बताए। नेता खनालले अब गाउँ र शहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रुपमा समस्या ननिम्त्याउने ढंगको ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिए।
नेता खनालले नेपालका केही स्थानहरुमा पुराना शहरहरु लुकेर रहेको भन्दै तिनको अनुसन्धान र खोजी हुन आवश्यक रहेको बताए।