• बैशाख २२ २०८३, मंगलवार

एकीकृत समाजवादीलाई निर्वाचन आयोगले सोध्यो तीन दिने स्पष्टिकरण

चैत्र २८ २०७८, सोमबार

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई तीन दिने स्पष्टिकरण सोधेको छ ।

चैत २६ गते भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने गुनासोका आधारमा तीन दिनभित्र जवाफ पेश गर्न आयोगले एकीकृत समाजवादीलाई स्पष्टिकरण सोधेको हो ।

‘आचारसंहिता उल्लंघनको सन्दर्भमा के कसो भएको हो तीन दिनभित्र आधार प्रमाणसपहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको छ,’ सोमबार गरिएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।