काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्था ठिक अवस्थामा रहेको बताएका छन्।सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले कर्जा विस्तार उच्च रहेकाले बैंकिङ तरलतामा चाप परेको उल्लेख गरे।
अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने उनले बताए।
उनले भने, ‘नेपालको सार्वजनिक ऋण सीमाभित्र रहेको छ। हाम्रो अर्थतन्त्रमा त्यति ठूलो संकट आएको छैन। अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्छ।’