काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग आफूहरुको रिस पोखेको बताएका छन्।
बझाङमा सोमबार आयोजित चुनावलक्षित आमसभालाई सम्बोधन गर्दै ओलीले एमालेको रिस गभर्नरमाथि पोखिएको बताएका हुन्।
‘यो प्रतिगामीहरुको सरकारले एमालेलाई केही गर्न सक्दैन। तर गभर्नरमाथि रिस पोखेको छ’, उनले भने, ‘रिस उठेको बिरालोले खाँबो चिथोर्थ भनेझैँ गठबन्धन सरकारले गभर्नरलाई चिथोर्यो।’