काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता तथा सांसद् शशांक कोइरालालाई ७ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ । कोइरालाले आफ्नो निर्वाचनखर्चबारे हालै दिएको अभिव्यक्तिले ध्यानाकर्षण भएको भन्दै आयोगले जवाफ मागेको हो ।
प्रवक्ता शालिकग्राम शर्मा पौडेलका अनुसार २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाको उमेदवारले २५ लाख खर्च गर्न पाउने गरी निर्धारण भएको थियो । नवलपरासी वर्दघाट सुस्तापूर्वको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित डा. कोइरालाले आयोगलाई बुझाएको खर्च विवरणमा २१ लाख ७५ हजार मात्रै उल्लेख छ ।
उनले हालै उक्त निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिएपछि उनलाई ध्यानाकर्षण गराउँदै ७ दिनभित्र जवाफ दिन भनिएकाे आयोगले जनाएको छ।