काठमाडौं । आफ्नो संगठनको नेतत्व चयनका लागि नेपाल मगर संघका देशभरका कार्यकर्ताहरु दाङको घोराही भेला भएका छन् ।
संघको घोराहीमा गत २५ गतेदेखि जारी महाधिवेशनमा विभिन्न पदका लागि सहमति जुटाउने प्रयास जारी रहेको छ । संघको अध्यक्षमा ज्ञानेन्द्र पुनमगर र दलबहादुर बिरकट्टाले दावी गरेका छन् ।
पुन र बिरकट्टामध्ये पुनलाई सर्वसम्मतरुपमा अध्यक्ष बनाउने बारेमा छलफल चलिरहेको महाधिवेशनस्थलबाट जुनु पुनले जानकारी दिइन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा गंगा खासुमगर र दलबहादुर पुनबीच प्रतिष्पर्धा चलिरहेको छ । महाधिवेशनमा विदेश विभागको प्रमुख पदका लागि कमला थापामगर जयप्रकाश रोकामगरले दावी गरिरहेका छन् ।
महाधिवेशन २७ गते नै सम्पन्न गर्ने भनिएपनि विभिन्न पदहरुमा भएको प्रतिपर्धाका कारण आजसम्म लम्बिएको हो ।
ज्ञानेन्द्र पुन अध्यक्षमा चनिए भने यसअघिका अध्यक्ष नवीन रोकामगरको नेतृत्वमा रहेको केन्द्रीय समितिले
विदा लिनेछ ।