• बैशाख २२ २०८३, मंगलवार

अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्दै

चैत्र २८ २०७८, सोमबार

काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले अपराह्न ४ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन्। सम्मेलनमा सबै सञ्चारमाध्यमलाई बोलाइएको छ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि अर्थमन्त्रीले पत्रकार सम्मेलन बोलाएका हुन्।

यद्यपि अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्नलागेको जनाएको छ।

सम्मेलन मन्त्रालयको सुवर्ण हलमा हुनेछ।