काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले लगानीको सुरक्षा गर्ने बताएका छन् ।
नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, संवद्र्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए।
‘नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्छ,’ उनले भने।