• बैशाख २२ २०८३, मंगलवार

सत्ता गठबन्धनको चुनावी संयन्त्रको बैठक भाेलि पनि बस्दै

चैत्र २७ २०७८, आईतवार

काठमाडौं । पाँच दलीय गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक भोलि पनि बस्ने भएको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय चुनावी संयन्त्रको बैठक भाेलि बस्ने भएकाे हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा आएका प्रतिवेदनहरूमाथि छलफल भएको हो । छलफल भए पनि कुनै निर्णय नभएको सरकार प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

कार्कीका अनुसार बैठकमा गठबन्धनलाई निर्वाचनमा कसरी अगाडि बढाउने भन्ने बारेमा सुझाव सङ्कलन गरी शीर्ष नेताहरूलाई बुझाउने तयारी भएको छ ।