हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सीमित राजनीतिक दलले देशलाई बन्धक बनाएर राखेको आरोप लगाएका छन् ।
राप्रपा मकवानपुरले हेटौंडामा गरेको आमसभामा लिङ्देनले सीमित नेताहरूले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको बताउदै अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताए । लिङ्देनले देशका पचासौं लाख युवा वैदेशिक रोजगारमा जानु दुखदायी भएको बताए ।
उनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाए ।