काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको जिल्ला कमिटीको बैठकले सुवेदीलाई सर्वसम्मत रुपमा उमेदवार बनाउने निर्णय गरेको नेता कृष्णभक्त पोखरेलले जानकारी दिए ।
०७४ को निर्वाचनमा मेयरमा पराजित भएका नेता देवी ज्ञवालीको प्रस्ताव र पोखरेलको समर्थनमा सुवेदीलाई उमेदवार बनाउने निर्णय भएको हो ।
सुवेदी प्रदेशसभा सदस्य हुन् । सुवेदी यसअघि नेतृ अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री बनेका थिए ।