• बैशाख २२ २०८३, मंगलवार

एमालेको आरोप- सरकारको ध्यान आर्थिक समस्यामा भन्दा आफ्नै स्वार्थ पूरा गर्न केन्द्रित छ (पूर्णपाठ)

चैत्र २७ २०७८, आईतवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार अहिले आर्थिक समस्या समाधानमा ध्यान दिन छाडेर स्वार्थ पूरा हुने काममा लागेको आरोप लगाएको छ ।

आइतबार एमालेका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्दै पूर्व अर्थमन्त्रीत्रय विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले सरकारका गलत क्रियाकलापले नै अर्थतन्त्र धराशायी बन्न थालेको आरोप लगाएका हुन् ।

‘गठबन्धन सरकारले आर्थिक अध्यादेशमाथि खेलबाड ग¥यो । नेकपा (एमाले) को सरकारले अध्यादेशमार्फत ल्याएको लोकप्रिय बजेटलाई आफ्नो निहित स्वार्थ अनुकूल परिवर्तन गर्ने दुराशय सरकारले राख्यो । समयमा नै बजेट पारित नगर्दा देशको इतिहासमा नै पहिलो पटक देश बजेटविहीन अवस्थाबाट गुज्रिनुप¥यो’, तीन पूर्वअर्थमन्त्रीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

बजेट ल्याउन गरिएको ढिलाइ र समयमा नै मौद्रिक नीति ल्याउन अर्थमन्त्रीले रोकेकै कारण मौद्रिक क्षेत्रमा देखिएका समस्या राष्ट्र बैंकले समयमा नै सम्बोधन गर्न नपाएको र त्यसको नतिजा स्वरूप आज वित्तीय सङ्कटतिर जानुपरेको एमालेको दाबी छ ।

संयुक्त विज्ञप्ति :