• बैशाख २२ २०८३, मंगलवार

सकारात्मक हस्तक्षेप नगरे देशमा श्रीलंकाको जस्तो आर्थिक संकट आउँछ : विष्णु पौडेल

चैत्र २७ २०७८, आईतवार

काठमाडौँ। पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सकारात्मक हस्तक्षेप नगर्ने हो भने देश श्रीलंकाको जस्तो आर्थिक संकटमा पुग्ने बताएका छन् । देशको अर्थ व्यवस्थाबारेमा एमालेद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले प्रधानमन्त्री वा मन्त्रीको भाषणले मात्रै संकट हुनबाट रोक्न नकस्ने बताए ।

‘ यदी हामीले सार्थक हस्तक्षेप गरेनौं भने, समस्या समाधानका लागि सकारात्मक कदम चालेनौं भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन,’ पौडेलले भने, ‘मन्त्री वा प्रधानमन्त्रीले दाबी गरेर संकटबाट बाहिर निस्कन सक्दैन ।’ सार्थक र प्रभावकारी हस्ताक्षेप गर्न आवश्यक थियो । ‘अहिले नकारात्मक कदम चाल्ने काम भएको छ।’