काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताएकी छिन् ।
आज यहाँ आयोजना भएको विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभामा उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट पार्दै हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्न खोजेको आरोप लगाएकी छिन् ।
उनले अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा नभएको बताउदै नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताएकी छिन् ।
मन्त्री झाँक्रीले निलम्बनमा परेका गभर्नरलाई संकेत गर्दै सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताइन् ।