काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समृद्ध बनाएर सुखी हुने जनताको आर्थिक समृद्धिका लागि समाजवादको बाटो आवश्यक हुने बताएका छन् ।
पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको जनसभामा अध्यक्ष नेपालले सामाजिक न्याय, समानता र जनअधिकारलाई सुनिश्चित गर्दै विकास र जनताको चाहना पूरा गर्न समाजवादी अर्थ व्यवस्थालाई गतिशील बनाउनुपर्ने बताउनुभयो ।