• बैशाख २२ २०८३, मंगलवार

माओवादीका नेता नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत

चैत्र २५ २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनीत भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी हुन् । दाहाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

सांसद् रामनारायण बिडारीको कार्य अवधि सकिएपछि खाली रहेको सदस्यमा दाहाललाई नियुक्त गरिएको हो ।