• बैशाख २६ २०८३, शनिबार

ग्वार्काेमा फ्लाई ओभर निर्माण गर्न डिजाइन अघि बढाइयो

चैत्र २५ २०७८, शुक्रबार

काठमाडौं । ग्वार्काे चोकमा पहिलो फ्लाई ओभर निर्माण गरिने भएको छ ।  निर्माण कम्पनीले सर्वेक्षण सकिएर डिजाइन तयार गर्न थालेको छ ।

सरकार आफैँले इपिसि (इञ्जिनीयरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन)सँग सम्झौता गरी पहिलो ‘फ्लाई ओभर’ निर्माण गर्न लागेको हो ।

कम्पनीले अबको दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण सुरु गर्ने भएको छ ।

यसमा ‘डिजाइन एण्ड बिल्ड’ सम्झौता जस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गर्ने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर सौरभ बज्राचार्यले बताए । `चुनौती बहन गर्ने विषयमा भने इपिसिमा ‘डिजाइन एण्ड विल्ड’भन्दा फरक छ । यसमा निर्माण व्यवसायीको बढी जिम्मेवारी हुन्छ,` उनले भने, `डिजाइन एण्ड विल्डका केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने इपिसिका सम्पूर्ण काम र जिम्मेवारी कम्पनीको हुन्छ ।` इपिसिअनुसार निर्माण गर्दा निर्माण कम्पनीले डिजाइन परिवर्तन गर्न पाउँछ ।

कार्यालयले यस्तो हुनुपर्छ भनेर ‘कन्सेप्ट’ दिएमा आवश्यकता अनुसार केही परिवर्तन गरेर डिजाइन तयार हुने प्रमुख बज्राचार्यले बताए ।

संरचनामा परिवर्तन नभए पनि ट्राफिक व्यवस्थापनमा केही परिवर्तन हुनसक्ने देखिएको प्रमुख बज्राचार्यले जानकारी दिए ।