• बैशाख २२ २०८३, मंगलवार

सूर्य चिह्नलाई साझा बनाएर निर्वाचनमा जाने सम्भावना छ : कमल थापा

चैत्र २५ २०७८, शुक्रबार

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चुनाव चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका छन् । शुक्रबार पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले नेकपा एमालेसँग तालमेल हुने सम्भावना रहेको बताएका हुन् ।

‘एमालेसँग स्थानीय तहमा तालमेल हुने सम्भावना छ, छलफल चलिरहेको छ । सूर्य चिह्नलाई साझा बनाएर चुनावमा जान सकिन्छ,’ थापाले भने, ‘अवस्था हेरेर अरु दलहरुसँग सहकार्य हुनसक्छ ।’

आफ्नो पार्टीको संगठन विस्तार नभइसकेकोले जसरी पनि चुनावमा सहभागी हुने र चुनाव जित्नका लागि गठबन्धन आवश्यक रहेको थापाको भनाइ थियो । उनले तालमेलका लागि स्थानीय तहको प्रकृति र अवस्थालाई आधार मानिने पनि प्रस्ट पारे ।

राप्रपाले हिन्दू राष्ट्र स्थापना, मुलुकमा विभिन्न मुद्दामा बन्द नगर्नेलगायत नीति र एजेन्डासहितको घोषणापत्र सार्वजनिक गरेको छ ।