• बैशाख २६ २०८३, शनिबार

पशुपति क्याम्पसकी छात्रा राई गोकर्णेश्वरको जंगलमा मृत फेला

चैत्र २५ २०७८, शुक्रबार

काठमाडौँ।  चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई गोकर्णेश्वर नगरपालिका–४ स्थित सहिदपार्क जगडोल स्थित सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी छन् । उनको शव बिहीबार साँझ सो जंगलमा फेला परेको हो ।

भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्दै आएकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार शवलाई पोष्टमार्टमको लागी फरेन्सिक मेडिसिन विभाग महाराजगंजमा पठाईएको छ । मृतको बाया हातको नाडीमा भित्री हड्डी समेत देखिने गरी नशा सहित गहिरो रुपमा काटेको अवस्थामा घाउ रहेको र रगतले लतपतिएको पाइएको छ । घटनास्थलमा बिषादीको बट्टा र धारीलो ब्लेड समेत फेला परेको बताइएको छ।

घटनाबारे महानगरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।