काठमाडौँ। सत्ता गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक केहीबेर आघिदेखि शुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
बैठकमा स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटी, निर्वाचनको तयारी, चुनौती तथा समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकमा देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू सहभागी छन्।