• बैशाख २२ २०८३, मंगलवार

सबैभन्दा माथि कानुन अनि मात्र पद  : सभामुख सापकोटा

चैत्र २४ २०७८, बिहीबार
सिन्धुपाल्चाेक ।  सभामुख अग्निप्रसाद सापकोटाले  सबैभन्दा माथि कानुन अनि मात्र पद रहेको बताएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–६ मा नवनिर्मित भ्यूटावरसहितको बुद्धपार्कको आज उद्घाटन गर्दै उनले देशका उच्च पदमा रहेका कोही पनि कानुनभन्दा माथि जान नहुने बताएका हुन।

उनका अनुसार राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत सबैले कानुन मान्नुपर्नेमा जोड दिए ।  ‘ठूलालाई चयन सानालाई ऐन’ भने जस्तो हुनु राम्रो नभएको भन्दै उनले उच्च पदमा रहेकाले यसमा ध्यान दिनुपर्ने बताए ।

सभामुख सापकोटाले आज ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गरे। नगरपालिकाले गौरवको आयोजनाका रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ। उनले भ्यूटावरसहितको बुद्धपार्कले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए।