• बैशाख २२ २०८३, मंगलवार

आगामी निर्वाचन अग्रगमन र प्रतिगमन बीचको लडाइँ हो : प्रचण्ड

चैत्र २४ २०७८, बिहीबार

काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य निर्वाचन मात्र नभई न्याय र अन्याय, अग्रगमन र प्रतिगमन बीचको लडाइँ भएको बताएका छन्।

बिहीबार सिराहामा आयोजित कार्यक्रममा उनले देशमा संविधान र गणतन्त्र उल्ट्याउन दक्षिणपन्थी र हिजोका राजावादीबीच साँठगाँठ बढेको पनि बताए।

यसकारण देशमा प्राप्त महत्वपूर्ण उपलब्धिलाई जोगाउन पनि स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा पार्टीले जित्नैपर्ने भन्दै उनले पहिला माओवादीले संघियता छोडेको भ्रम दिने कोसिस भएको बताए ।

गएको वर्षमा प्रतिगमनलाई परास्त गर्न सफल भयौं, मधेसमा जागरण, साँचो अर्थमा माया गर्ने, निरन्तर लड्ने भएकोले पनि निर्वाचनमा माओवादीको पक्षमा लहर आउने उनको भनाइ छ। माओवादीले जित्दा मात्रै राष्ट्र सुरक्षित छ, उनले भने।