• बैशाख २६ २०८३, शनिबार

रुकुमबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना : आठ जना घाइते

चैत्र २४ २०७८, बिहीबार

काठमाडौँ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ किटनीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बिहीबार दिउँसो रुकुम पश्चिमको मुसिकोटबाट रुकुमकोट हुँदै काठमाडौं आउँदै गरेको बा ३ ख ९६६५ नम्बरको यात्रु बस किटनीमा दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ। बस अनियन्त्रित भएर सडक किनारमा ठोक्किएको थियो।
थप विवरण आउन बाँकि छ।