• बैशाख २२ २०८३, मंगलवार

अधिवक्ता गोविन्द बन्दीलाई कानून मन्त्री बनाउन सिफारिस, आजै शपथ

चैत्र २४ २०७८, बिहीबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्रीमा नियुक्तिका लागि  राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

अधिवक्ता बन्दीलाई  प्रधानमन्त्री देउवाले बिहीबार दिँउसो कानुनमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिको कार्यालयमा सिफारिस गरेका हुन् ।

बन्दीलाई कानुनमन्त्री नियुक्तिका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालय शीतल निवासलाई सिफारिस पत्र पठाइसकेको छ ।

राष्ट्रपति कार्यालयले सिफारिस पत्र आएको पुष्टि गर्दै दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको जनाएको छ । गैरसांसद रहेका बन्दी कम्तीमा ६ महिना मन्त्री हुन सक्नेछन् ।

हालका कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ ।