सर्लाही । सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
मलंगवा-९ मा गोली चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको हो । प्रहरीका अनुसार भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो ।
महातोको शवलाई प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ । प्रहरीका अनुसार गोली लागेको हो या धारिलो हतियारले प्रहार गरेको हो ? भन्नेबारे खुल्न सकेको छैन । घटनामा संलग्न दोषी पत्ता लगाउन प्रहरीले सर्च अपरेशन सुरु गरेको जानकारी गराएको छ ।
यसबारे स्थानीयबासीले भने गोली नै चलेको बताएका छन् ।