• बैशाख २६ २०८३, शनिबार

तीन घण्टा लगाएर चार वटा ढोका फोडेर सहकारीमा चोरी

चैत्र २३ २०७८, बुधबार

भक्तपुर । भक्तपुरको एक सहकारीमा मंगलबार दुई जनाको समूहमा आएका व्यक्तिले  चोरी गरेको छ ।

सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित खल्पिटार बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ९८ हजार ५ सय १२ रुपैयाँ चोरी गरेको हो ।

मंगलबार राति उनीहरुले सहकारीको चार वटा ढोका फोडेर चोरी गरेको प्रहरीले जनाएको छ ।

सिसिटिभी फुटेजमा राति १२ बजेतिर ढोका फुटाइएको देखिएको छ। सुरूमा सहकारीको च्यानलगेट फुटाए भित्र दराज तथा सेफमा रहेको उक्त नगद चोरी भएको प्रहरीले जनाएको छ ।  झन्डै तीन घण्टासम्म समय लगाएर ढोका फोडेर चोरी गरे पनि कसैले सुइँको नपाएको स्थानीयले बताए ।  बिहान उज्यालो भएपछि मात्रै स्थानीयले चोरी भएको थाहा पाएका थिए। चोरीमा संलग्नले मास्क लगाएको देखिएको छ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ।