• बैशाख २६ २०८३, शनिबार

विमानभित्र पत्रकार धमलाले गरेको अमर्यादित व्यवहारप्रति दुर्भाग्यपूर्ण : वायुसेवा सञ्चालक संघ

चैत्र २३ २०७८, बुधबार

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले विमानभित्र पत्रकारले गरेकाे अमर्यादित व्यवहार दुर्भाग्यपूर्ण भएको जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै भीभीआईपी टोलीसहितको उडानमा सामान्य नियमको समेत पालना नगरी निषेधित कक्षमा क्यामरासहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको बताएको हो ।

‘उठानमा यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न चालक दले पटक पटकको अनुरोधलाई बेवास्ता गर्दै जबरजस्ती भिडियो क्लिपिङ गरी लाइभ समाचार प्रसारण गरेको भन्ने विभिन्न समाचार प्रकाशित भएकाले उडानका क्रममा देखाएको यस्ताे हर्कतले उडानका साथै सुरक्षा प्रोटोकलको समेत उलंघन भएकोले यस्ता अवाञ्छित कार्य नगर्न नगराउन हुन संघ अनुरोध गर्दछ ।’ विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा चढेको नेपाल एयरलाइन्सको विमानभित्रैबाट ऋषि धमलाले ‘लाइभ’ गरेका थिए । त्यसक्रममा विमानका कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा धमलाले बलजफती गरेको भिडिओ फेसबुक र टिकटकमा भाइरल बनेको छ ।